असोज १३ गते तेस्रो संस्करणको मिस्टर मकवानपुर प्रतियोगिता हुने

महिला प्रतिस्पर्धा पनि गराइने
छहारी संवाददाता
८ भाद्र २०८०, शुक्रबार १७:३१

मकवानपुर शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा तेस्रो संस्करणको मिस्टर मकवानपुर प्रतियोगिता २०८० हुने भएको छ ।

यही अशोज १३ गते प्रतियोगिता गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन मार्फत् जानकारी दिनएको छ । टाइटल विजेताले नगद १ लाख प्राक्त गर्नेछन ।

दोस्रो स्थान हात पार्नेले ५० हजार र तेस्रो स्थान हासिल गर्नेले ३० हजार पाउने अध्यक्ष राजेश भेटवाल ले जानकारी दिनुभयो ।

प्रतियोगिता मा ५५, ६०, ७० र ७५ केजि तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रत्यक तौल समुहका बिजेताले नगद १० हजार प्राप्त गर्नेछन ।

प्रतियोगिता सम्पन्न गर्न करीब १२ लाख लाग्ने प्रतियोगिता सयोजक सुनिल लोप्च्न ले बताउनु भयो । यस खेलप्रति महिलाको आकर्षण बनाउन एकै तौल समुहमा प्रतिस्पर्धा समेत गराइने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यस अघिको प्रथम मिसटर मकवानपुरको उपाधि सुनिल महर्जन र दोस्रो मिसटर मकवान्पुर अतित श्रेठ बन्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*