मकवानपुरका विभिन्न लघुवित्तबाट ऋण लिएका पीडितहरू आन्दोलित

छहारी संवाददाता
चैत्र २८, २०७९

मकवानपुरका विभिन्न लघुवित्तबाट ऋण लिएका पीडितहरू आन्दोलित बनेका छन् । सामूहीक ऋण मिनाहा, लघुवित्तय संस्था खारेज, गरीब किसानलाई निशुल्क ऋण प्रवाह, समजवादी अर्थतन्त्र विकास लगायतका माग राख्दै पीडित अनिश्चितकालिन रिले अनशनमा बसेका हुन् ।

पीडितहरुले ¥याली सहित लघुवित्त विरुद्ध नारा लगाउँदै हेटौंडा बजार परिक्रमा गरेका छन् भने लघुवित्त संस्थाको ज्यादतीको विरोधमा एक सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिइरहेका छन् । लघुवित्तको ऋण तिर्न नसकेपछि घरमै आएर मानसिक तनाव, धम्की दिनुका साथै नागरिकता समेत सफत गरेको पीडतको गुनासो छ ।

सहज जिवन यापनका लागि लघुवित्तबाट ऋण लिएका अहिले सोही ऋणका कारण अप्ठ्यारोमा परेका छन् । आन्दोलनमा उत्रिएका महिलाहरुले मकवानपुरका विभिन्न लघुवित्तबाट २० हजारदेखि १५ लाख सम्म ऋण लिएका छन् । लघुवित्तकै कारण घरै छोडेर हिँड्नुपर्ने अवस्था आएको उनीहरुको भनाई छ ।

न्यायको आशले जिल्ला प्रशासन कार्यालय  मकवानपुरमा विगत एक हप्तादेखि धर्ना दिएपनि प्रशासनबाट कुनै सम्बोधन नभएकोमा पीडीत आक्रिोशित बनेका छन् । लघुवित्त पीडितले प्रशासनको आँगनमा ६ दिनदेखि आन्दोलन गर्दा तँपाईलाई जानकारी नै नभएको हो त भनेर सोध्दा यस विषयमा राज्यले नै पहल गर्नुपर्ने मकवानपुर प्रशासनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*