महोत्सवमा दैनिक सामुदायिक प्रहरीको सचेतना कार्यक्रम

छहारी संवाददाता
माघ २२, २०७९

हेटौंडा हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामूदायिक प्रहरी उपसेवा केन्द्र बसपार्कको आयोजनामा साना हातहरु नेपाल मकवानपुरको सहकार्य तथा मउवा संघको समन्वयमा संयुक्त रुपमा नागरिक सहायता कक्ष राखी सचेतना कार्यक्रम भइरहेको छ ।

महोत्सवको मुख्य प्रवेश द्धारमा नै उक्त सचेतना कार्यक्रम भइरहेको हो । महोत्सव सुरु भएको दिन देखी दैनिक रुपमा उपसेवा केन्द्रका अध्यक्ष प्रदीप कंडेल तथा पदाधिकारीहरु, प्रहरी हल्वदार सीता खत्री, साना हातहरु नेपालका स्टेशन म्यानेजर डिकम्बर रुपाचा, नेत्र ज्योति टोल विकास संस्थाका अध्यक्ष दुर्गा नेपाल र पदाधिकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीको उपस्थितीमा विभिन्न सचेतना मूलक सन्देश प्रवाह गरिएको थियो ।

दैनिक रुपमा साइवर फ्रड, जनचेतना मूलक श्रव्यदृश्य भिडियो सहित प्रदर्शन, मानव वेचविखन विरुद्धको सचेतना, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सचेतना मुलक र सामाजिक विकृती विसंगती सम्बन्धी जानकारी दिनुका साथै भिडियो मार्फत सन्देश समेत प्रवाह गरिएको थियो । उक्त कार्यक्रम अन्तरगत टोलीले मानसिक सुस्वास्वास्थ्य तथा स्वंम हेरचाह सम्बन्धी जानकारी गराउनुको साथै आत्महत्या रोकथाम सम्बन्धी जनचेतना मुलक प्रचार सामाग्री र भिडियो सन्देश प्रदर्शन गरिएको थियो ।

महोत्सव अवलोकन गर्न आउने किशोरी, युवती तथा महिलाहरुलाई अत्याश्यक अवस्थामा सेनिटरी प्याडको समेत निशुल्क वितरण गरिएको प्रहरी हल्वदार सीता खत्रीले बताउनुभयो । महोत्सव सञ्चालन भएदेखी नागरिक सहायता कक्ष सञ्चालन गर्दै भीडभाडलाई कन्ट्रोल गरि आवत जावतमा सहज वातावरण गर्दै आइरहेको छ । उक्त कक्षबाट जिल्ला ट्राफिक कार्यालय मकवानपुरले पनि सडक दुर्घटना न्यूनिकरण सम्बन्धी प्रचार सामाग्री वितरण गर्नुका साथै दुर्घटनाको डेमो समेत प्रदर्शनमा राखिएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*