एक लाख राशीको बिजुली माया वनः संगीत पुरस्कार डा. किरण प्रधानलाई प्रदान

छहारी संवाददाता
१५ माघ २०७९, आईतवार २२:२४

भीम विराग संङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले प्रदान गर्दै आएको बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार यो वर्ष वरिष्ठ गायक, सङ्गीतकार तथा लेखक डा. किरण प्रधानलाई प्रदान गरिएको छ ।

भीम विराग स्मृति दिवसको अवसर पारेर आइतबार प्रधानलाई नगद रु एक लाख सहित सम्मान गरिएको हो । २०११ सालमा काठमाडौंमा जन्मिनु भएका कला साधक प्रधानका थुप्रै गितहरु कर्णप्रिय छन् । भूल हो तेरो भागी हिँड्नु, के सोचे मैले के भयो अहिले, पाखा पर्वतले गुन्जाइरहुन् लगायत  गितमा प्रधानले आवाज दिनुभएको छ ।

प्रतिष्ठानले २०६४ सालदेखि हरेक वर्ष नेपाली साहित्य तथा संगीतमा योगदान दिदै आएका हस्तीलाई १ लाख रुपियाँ राशिको पुरस्कार प्रदान गर्दै आएको छ।

हेटौंडाका सङगीतप्रेमी व्यवसायी एवं समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आमाको स्मृतीमा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । यसअघि यो पुरस्कारबाट साहित्य तथा कला क्षेत्रमा योगदान पुराउने १३ जना सम्मानित भैसक्नुभएको छ ।

पुरस्कार समर्पण एवं साङ्गीतिक समारोह प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यकाको सभाध्यक्षता तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*