हेटौडामा क्रिसमसको रौनक,पूर्वसन्ध्यामा र्‍याली

छहारी संवाददाता
९ पुष २०७९, शनिबार २२:३२

हेटौडा बजारमा क्रिसमसको रौनक छाएको छ । होटल, पसल देखि सपिङ मलसम्म झिलिमिली बत्तीमा सजाइएका क्रिसमस ट्री देख्न सकिन्छ । भाटभटेनी सुपर मार्केटमा रहेको क्रिसमस ट्रि अगाडी सेल्फी खिच्ने, टिकटक बनाउनेको संख्या उल्लेख्य छ ।

केही दिन अघि देखि नै इसाई समाजले आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम तथा क्यारेलमा अन्य धर्म प्रति आस्था राख्नेले पनि रुचीका साथ सहभागिता जनाएका थिए ।

क्रिसमसको पुर्व सन्ध्यामा हेटौंडामा र्‍याली निकालिएको छ । हेटौडाको सोलीड्यारिटी स्कुलबाट सुरु भएको शान्ति र्‍याली बुद्ध चोक पुगेर मकवानपुरका अग्रज पास्टरहरुद्वारा सुसमाचार प्रचारप्रसार गर्दै समापन गरिएको थियो । ईसाई समुदायको ठूलो पर्व क्रिसमसको प्रचारप्रसारका लागि र्याली गरिएको सहभागीले बताएका छन् । येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन विश्वभर क्रिसमस पर्व विविध कार्यक्रम गरी मनाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*