वीर अस्पताल अगाडि टहरामा रहेका औषधि पसल हटाउन काठमाडौं महानगरको निर्देशन

आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर चलाइने
छहारी संवाददाता
६ आश्विन २०७९, बिहीबार ०९:०३

काठमाडौंको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने भएको छ। आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैँले हटाउनेछ ।

महानगरका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार फार्मेसी सञ्चालकलाई हिजो २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिइएको थियो । तर फार्मेसी सञ्चालकले तत्कालै हटाउन नसकिने बताएका छन्। यसअघि पनि वीर अस्पतालले ती टहरामा रहेका औषधि पसल हटाउन खोजेको थियो ।

वीर अस्पताल अगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेको भन्दै नक्सा विपरीत फार्मेसी सञ्चालन गरेकाले भत्काउन लागेको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई निरन्तरता दिँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*