हेटौंडामा किरात देवास राई उत्थान समाजको पाँचौ राष्ट्रिय सम्मेलन सुरु

छहारी संवाददाता
२५ भाद्र २०७९, शनिबार १७:३५

हेटौंडामा किरात देवास राई उत्थान समाजको पाँचौ राष्ट्रिय सम्मेलन सुरु भएको छ । आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण गरौं, जातिय उत्थानमा सहभागि बनौं भन्ने नाराका साथ हेटौंडामा कार्यक्रम सुरु भएको हो ।

दुइ दिन सम्म चल्ने राष्ट्रिय सम्मेलनको बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजाले उद्घाटन् गर्नुभयो । देसभरका बिभीन्न जिल्लामा बसोबास गर्ने देवास राइहरुको कार्यक्रममा सहभागिता रहेको छ ।

किरात देवास राई उत्थान समाजका केन्द्रीय अध्यक्ष आसमान राईको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय महासचिब जनक राइ, केन्द्रीय सल्लाहकार प्रेम राई, किरात देवास राई उत्थान समाजका मकवानपुर अध्यक्ष कृष्ण बहादुर राई लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा आफ्नै भाषामा गित तथा नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रिय सम्मेलन भोली सम्म चल्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*