५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना बिरुद्धको दोस्रो मात्रा खोप दिइँदै

पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई आजदेखि आउँदो आइतवारसम्म दोस्रो मात्रा खोप दिइने
छहारी संवाददाता
२ श्रावण २०७९, सोमबार ०९:२६

५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना बिरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ ।

पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई आजदेखि आउँदो आइतवारसम्म दोस्रो मात्रा खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । दोस्रो मात्रा खोप पनि विद्यालयमै लगाइनेछ भने पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले पहिलो चरणमा प्रदेश १ को झापा, इलाम, मोरङ र सुनसरी, मधेस प्रदेशको सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी, बागमती प्रदेशको काठमाण्डौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर, गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप लगाउन सुरु गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*