स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु

छहारी संवाददाता
३ माघ २०७८, सोमबार ०८:१९

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरवात हुन्छ ।

बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

आजैदेखि एक महिनासम्म काठमाण्डौको उत्तरपूर्वी भेगमा रहेको साँखुको शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला हुनेगर्छ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ ।

यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरि व्रतमात्र गर्ने गरी तयारी गरिएको छ । पहिलेका वर्षमा करिब ४ सय जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष करिब १ सय ५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । साभाारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*