मकवानपुरमा कोरोना संक्रमित बढ्दै, मंगलबार एकै दिन ५८ जनामा संक्रमण

छहारी संवाददाता
पुस २८, २०७८

देशभर जस्तै मकवानपुरमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

जिल्लामा मंगलबार ९८ जनाको कोरोना परिक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कोरोना पुष्टि हुनेहरुमा ३७ जना हेटौंडा उपमहानगरपालिका भित्रका १ जना थाहा नगरपालिका र २० जना मनहरी गाउँपालिका भित्रका रहेको कार्यलयले जनाएको छ । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १३३ जना पुगेको छ । जसमा ७ जना संस्थागत आइसोलेसनमा बसेको छन् भने १२६ जना होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६७ जनाको मृत्यु भएको छ । मकवानपुरमा एक हप्ता अधिसम्म कोरोना संक्रमण हुने संख्या न्युन रहेको थियो । पौष २० गतेसम्म २० जनामा गरिएको कोरोना परिक्षणमा ४ जना संक्रमित भेटिएका थिए । त्यस्तै पौष २१ गते ६ जना पोजेटिभ देखिएका थिए । २२ गते ३ जना, २३ गते १३ जना,२४ गते १७ जना,२५ गते २० जना, २६ गते पनि २० जनामा कोरोना पोजेटिभ देखिएको हो । जसले मकवानपुरमा दिनानुदिन कोरोना संक्रमण बढ्दै गएको देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*