ओमीक्रोन भेरियन्ट ८९ देशमा फैलिसक्योः डब्लुएचओ
समुदायमा फैलिइसकेको मुलुकमा हरेक ३ दिनमा ओमीक्रोनको केस दुई गुणा वृद्धि
					 	
					
					 
					 
 अहिलेसम्म ओमीक्रोन भेरियन्ट ८९ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले जानकारी दिएको छ ।
समुदायमा फैलिइसकेका मुलकमा ओमीक्रोन भेरियन्ट तीब्र गतिमा फैलिएको डब्लुएचओले भनेको छ । डब्लुएचओका अनुसार समुदायमा फैलिइसकेको मुलुकमा हरेक ३ दिनमा ओमीक्रोनको केस दुई गुणा वृद्धि भइरको छ।
यो डेल्टा भन्दा निकै अघि जाने आशंका डब्लुएचओले गरेको छ। अधिकांश नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका मुलुकमा ओमीक्रोन भेरियन्ट तीब्र गतिमा फैलनु अर्काे चिन्ताको विषय भएको डब्लुएचओले जनाएको छ । साभारः हेल्थपाटी डटकम ।

 
			     
			     
			     
			     
			     
			    




