अनराज–विना राउतको म्युजिक भिडियो सार्वजनिक

छहारी संवाददाता
पुस २, २०७८

गायक अनराज तामाङको ‘अलराईट’ गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

शुक्रबार हेटौंडामा रिलिज कार्यक्रम गर्दै गितको भिडियो युट्युब च्यानल अनराज तामाङ मार्फत् सार्वजनिक गरिएको हो ।सोल्टिनी, हिमाली छायाँ, सिमसिमे पानी लगायतको गितबाट दर्शक/श्रोताको मनमा बस्न सफल तामाङकै शब्द, संगित रहेको अलराइट १२ औं गित हो ।

मोडलहरू विना राउत, पुजा श्रेष्ठ, बिनु शाक्यसँगै गायक तामाङले कम्मर मर्काएको म्युजिक भिडियोमा निर्देशन एवं सम्पादन फराज अर्पण र कोरियोग्राफी प्रविण तामाङले गरेका छन् । कक्षा ६ मै व्याण्ड बनाएर सांगीतिक यात्रा शुरू गरेका मकवानपुरे गायक तामाङले दि एबिएस व्याण्ड पनि बनाएका थिए । सन् २०१३ मा दि एबिएस नामक सोलो एल्बम बजारमा ल्याएका तामाङले ७ वर्षपछि सांगीतिक कोशेली दर्शकसामु पस्किएका हुन्।

मकवानपुर तामाङ साँस्कृतिक घेदुङका संस्थापक एवं गायक सुर्य तितुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य सुनिल मोक्तान, बागमति प्रदेशका अध्यक्ष लिलाकुमार घलान, बागमति प्रदेश सचिवालय सदस्य सुवास लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामा लगायतले गित–संगीत क्षेत्रको धेरै महत्व रहेको भन्दै म्युजिक भिडियो र गायक तामाङको गित–संगीतबारे मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा कलाकार अविराम मोक्तान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठ, तामाङ पत्रकार समूह बागमति प्रदेशका कोषाध्यक्ष दिलबहादुर लामा, रविन्द्र बज्राचार्य लगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*