एमालेसहित विभिन्न पार्टी परित्याग गरी ९५ जना माओवादी केन्द्रमा प्रवेश

नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी शनिबार ९५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ६ को वडा सम्मेलनमा नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी कमल सापकोटा, सुमित्रा मिजार, जीवन स्याङ्तान, लालबहादुर मगर, प्रकृति मानन्धर, सिताराम राई लगायत ९५ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
शनिबार भएको वडा सम्मेलनले दिपक सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अनुराधा कोईराला, सचिवमा शोभा घिमिरे, कोषाध्यक्षमा निलाम्बर सापकोटा, सहसचिवमा सुमन लामा लगायत रहेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य एवं संविधानसभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन (पृथक), जिल्ला सचिवालय सदस्य प्रमिला पुलामी, हेटौंडा ४ वडा ईन्चार्ज लवराज ठकुरी, हेटौंडा ६ वडा ईन्चार्ज सोनी गुरूङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ईन्चार्ज विवेक राई, बकैया गाउँपालिका ईन्चार्ज लक्ष्मी पाख्रिन, जिल्ला सचिवालय सदस्यहरू जीवन गोले र लक्ष्मी माझी, जिल्ला सदस्य तारानाथ खतिवडा, हेटौंडा १२ वडा ईन्चार्ज भुवन खनाल, अखिल नेपाल महिला संघ क्रान्तिकारी हेटौंडा कमिटी अध्यक्ष नमुना पाण्डे लगायतको आतिथ्य रहेको थियो ।