कोप–२६ मा शीर्ष नेताले सन् २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धता जनाउँदै

छहारी संवाददाता
१६ कार्तिक २०७८, मंगलवार ०८:५६

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा विश्वका शीर्ष नेताहरुले सन् २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धता जनाउँदै छन् ।

स्कट्ल्याण्डको ग्लास्गोमा चलिरहेको सम्मेलनमा सहभागी देशका प्रमुखले आज सन् २०३० सम्ममा वन विनाश नियन्त्रण सम्बन्धी सहमति गर्ने भएका हुन् । विश्वको वन क्षेत्रको ८५ प्रतिशत भन्दा बढी क्षेत्र ओगट्ने एक सय भन्दा बढी देशले वन विनाश नियन्त्रण सम्बन्धी सहमतिमा हस्ताक्षर गर्ने तयारी गरेका हुन् ।

वन विनाश रोक्नेबारेको सहमतिलाई कोप–२६ सम्मेलनमा हुने पहिलो प्रमुख सहमतिका रुपमा हेरिएको बीबीसीले जनाएको छ । सम्झौतामा वन संरक्षण तथा पुनस्र्थापनाका लागि थप वित्त लगानीको वाचा समेत गरिनेछ ।

यसअघि हिजो सम्मेलनमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई आग्रह गर्नुभएको थियो । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*