बारामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

छहारी संवाददाता
२४ आश्विन २०७८, आईतवार १४:२७

बारा । कोल्हवी नगरपालिका–२ ब्रहमस्थान नजिकै भित्रि सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । कोल्हवी–२ हनुमानगंज बस्ने ६५ वर्षिय गोमा देबी भुजेल (गौतम) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । गएराती सुनमती चौकबाट पिपरिया तर्फ जादै गरेको ना ४१ प ७०३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएकी गोमाको कोल्हवी बजारस्थित जननायक हस्पिटलमा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगंज स्थित बयोधा हस्पिटल पठाईएको थियो । उनको आज बिहान सोही अस्पतालमा उपचारको क्रममै ज्यान गएको प्रवक्ता मिश्रले जानकारी दिए । उनका अनुसार ठक्करपश्चात फरार रहेका मोटरसाइकल चालक रौतहटको फतुवा बिजयपुर नगरपालिका–११ बस्ने १४ वर्षिय नावालकलाई पक्राउ गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*