पत्रकार महासंघ मकवानपुरले गर्यो शुभकामना आदानप्रदान कार्यक्रम

छहारी संवाददाता
अशोज २२, २०७८

नेपाल पत्रकार महासंघ मकवानपुर साखाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छटपर्बको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले मकवानपुरका पत्रकारको संस्थागत बिकाशका लागि स्थानीय सरकारको सहयोग रहने बताउनुभएको छ ।

मकवानपुरका एक सय ६४ जना पत्रकारको पाँच लाख रुपैयाँका दरले दुर्घटना बिमा गर्नका लागि कार्यपालिकाबाट निर्णय गरिसकिएको र पत्रकार पेन्सन कोषमा पनि दश लाख रुपैयाँ सहयोग गर्ने निर्णय भइसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले आम नागरिकलाई सही सूचना दिई जिम्मेवार भएर काम गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु नबराज शर्मा, कौषल पाण्डे, प्रताप बिष्ट राममणि दाहाल, भानुभक्त आचार्य, निवर्तमान अध्यक्ष हरि हुमागाई लगायतकाको आतिथ्यता रहेको थियो । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*