डेन्टल एसोसिएसन मकवानपुर अध्यक्षमा डा.पुडासैनी चयन

छहारी संवाददाता
२२ आश्विन २०७८, शुक्रबार ०८:११

नेपाल डेन्टल एसोसिएसन मकवानपुर शाखामा नयाँ कार्यकारिणी समिति गठन गरिएको छ । मकवानपुर जिल्लामा कार्यरत एसोसिएसनमा आबद्ध आजीवन सदस्यहरुको भेलाले समिति गठन गरेको हो । डा. रोशन चौधरीको अध्यक्षतामा भएको भेलाले डा. सरोज पुडासैनीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा डा.सुनिल कुमार साह,महासचिव डा.मो. आरीफ करिम, कोषाध्यक्ष डा.पवित्रा ढुंगाना, सहसचिव डा. समिश थापा र सदस्यहरुमा डा.नेहा ढकाल, डा.नरेश राय, डा.तनिशा दाहाल, डा. प्रेरणा अर्याललाई चयन गरेको छ । नेपाल डेन्टल एसोसिएसन दन्त चिकित्सकहरूको छाता संगठन हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*