‘रोपाई’ आफन्त साथीभाई बिच खुशी साट्ने माध्यम बनेको छ ।(फोटो फिचर)

ओम फुयाल (अनिश आयु बाबा )
१५ असार २०७८, मंगलवार १२:४८

नेपालको मुख्य बाली धान, रोपाईको मुख्य महिना असार, आफैंमा विशेष छ । धान रोपाई नेपालीको संस्कृति र सभ्यतासंग जोडिएको महत्वपूर्ण पक्ष हो ।

अहिले धान रोपाई खुशी साट्ने, आफन्त साथीभाईका बिचमा रमाइलो गर्ने र आनन्द अभिव्यक्त गर्ने एक माध्यम बनेको छ । असार महिनाभरी किसानहरु खेतीमा व्यस्त हुन्छन् । रोपाईको रौनक अहिले किसानमा मात्र होइन सम्पूर्ण नेपालीमा छाउन थालेको छ । रोपाई पर्यटकीय पर्वको रुपमा पनि विकास हुँदै गएको छ ।

आफ्नो खेत नहुनेहरु पनि टाढा टाढा पुगेर सामुहिक रुपमा रोपाईमा सहभागी भई रमाइलो गर्न व्यस्त देखिन्छन् । धान रोपाईमा सरिक भएका र हिलो खेलेका तस्वीरले यो समय सामाजिक संजालहरु रंगिने गरेका छन् । किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।

यसै क्रममा आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*