महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ ।
कार्यकारिणी समितिको बैठकलगत्तै यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको पत्र आयोगमा पठाउनुभएको हो । आयोगलाई पठाइएको पत्रमा यादवले दलको दर्ता किताबबाट महन्थ ठाकुरको नाम हटाउन अनुरोध गर्नुभएको छ ।
निर्वाचन आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ । महन्थ ठाकुर पक्षले पनि उपेन्द्र यादव लगायतका नेताहरूमाथि निष्कासनको कारबाही गर्ने तयारी गरेको छ । उज्यालो अनलाइनबाट ।







