लोकतन्त्रवादी शक्तिहरुवीच राष्ट्रिय एकता आवश्यकः प्रचण्ड

छहारी संवाददाता
जेष्ठ १५, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुवीच सुदृढ राष्ट्रिय एकता आवश्यक भएको बताउनु भएको छ ।

१४ औं गणतन्त्र दिवसको उपललक्ष्यमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतान्त्रिक संस्कार र संस्कृती निर्माण गर्न प्रतिगामी तत्व विरुद्धको एकतामा जोड दिनु भएको हो ।

प्रचण्डले नेपाली जनताको ठूलो त्याग र वलिदानीबाट गणतन्त्र स्थापना भएको समेत उल्लेख गर्नु भएको छ । उहाँले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको समेत उल्लेख गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*