अन्तर्राष्ट्रिय फिल्ममा तेन्जिंग नोर्गेको भूमिका खेल्ने कलाकारको खोजी

छहारी संवाददाता
१० जेष्ठ २०७८, सोमबार ०९:५५

अस्ट्रेलियन हाइ अल्टिच्युट डाइरेक्टर जेनिफर पीडामले बनाउने शेर्पाहरूको जीवनमा आधारित अन्तर्राष्ट्रिय फिचर फिल्म “तेन्जिंग”मा तेन्जिंग नोर्गेको भूमिका निभाउने पात्रको खोजी सुरु भएको छ ।

आगामी वर्ष नेपाल र न्युजिल्याण्डमा छायांकन हुने यो चलचित्रका लागि तिब्बती, शेर्पा वा नेपालीमध्यबाट प्रथम सगरमाथा आरोहीमध्ये एक तेन्जिंग नोर्गेको मूल चरित्र निर्वाह गर्न योग्य कलाकारको खोजी भएको हो ।

यो फिल्मकी सहलेखक तथा निर्देशक जेनिफर पिडिमले अनलाइनखबरलाई दिएको जानकारी अनुसार यो फिल्ममा तेन्जिंगको भूमिका निर्वाह गर्ने कलाकार अहिले नै अभिनयमा अनुभवी हुन आवश्यक छैन । उनले भनिन – ‘एथलेटिक बिउल्ड’ अर्थात् तन्दुरुस्त शरीर भएको पच्चीसदेखि चालिस वर्ष भित्रको हिमाली ९नेपाली, शेर्पा वा तिब्बती० अनुहार खोजिरहेका छौं, जसलाई तेन्जिंगको भूमिकामा देखाउन सकियोस् ।

उनले छानिने कलाकारलाइ आकर्षक पारिश्रमिकको व्यवस्था हुने र फिल्म आगामी वर्ष नेपाल र न्युजिल्याण्डमा छायांकन हुने पनि उनले बताइन् । इच्छुक कलाकारले उक्त फिल्म परियोजनाको लिंकhttps://www.dannylongcasting.com.au/casting-calls?fbclid=IwAR2dettt8xeLty-ks3Xw4JBQ2oq2jxcHe-wwDxai-TfP2I9eoaZZWga3UMs मा गएर आगामी दुई हप्तासम्म आवेदन दिन सकिने उनले बताइन् ।

उनले अहिलेसम्म दर्जनौंले आवेदन दिएका र दुई हप्तापछि ती आवेदनमाथि छानबिन गरेर कलाकार चयन गरिने बताइन् । एसिया प्यासिफिक क्षेत्रका अन्तर्राष्ट्रिय फिचर फिल्ममा चर्चित हिमाली अनुहारका रूपमा अभिनय गर्न पाउने भाग्यमानी कलाकार को बन्ला रु त्यो चाहिँ केही हप्ता वा महिना कुर्नुपर्नेछ ।

यसअघि जेनिफरले २०१४मा निर्देशन गरेको शेर्पा चलचित्र विश्व चर्चित छ । उक्त फिल्म अस्ट्रेलिया र न्युजिल्याण्डमा नेटफिलिक्समा हेर्न पाइन्छ । साभारः अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*