कोरोनासहितका बिरामीको उपचारको प्रवन्ध गर्न कांग्रेस मकवानपुरको माग

छहारी संवाददाता
२७ बैशाख २०७८, सोमबार १५:४७

 नेपाली कांग्रेस मकवानपुरले कोरोना संक्रमणसहित अन्य विरामीलाई उचित उपचारको प्रवन्ध गर्न नेपाली कांग्रेस मकवानपुरले माग गरेको छ । जिल्ला सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै यस्तो माग गरिएको हो ।

विज्ञप्तिमा सबै स्थानीय तहमा क्वारेन्टाइन, स्वाव संकलन र उपचारको यथाशीघ्र प्रवन्ध गर्न माग गरिएको छ । कांग्रेस मकवानपुरले हेटौंडा अस्पतालमा आईसियु बेड, भेन्टिलेटर र अक्सिजन सिलिण्डरको पर्याप्त मात्रामा ब्यवस्था गर्न संघीय, प्रदेश एवं स्थानीय तीनै तहका सरकारसंग अपिल गरेको छ । भोको पेटले कोरोनासंग लड्न नसक्ने भएकाले दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने श्रमिक एवं विपन्न वर्गका नागरिकलाई राहतको यथाशीघ्र व्यवस्था गर्नसमेत उसले माग गरेको छ ।

विज्ञप्तिमा मकवानपुरमा दोश्रो चरणको कोभिड १९ को संक्रमण फैलदासमेत सम्बन्धित निकायहरुले हालसम्म सबै स्थानीय तहहरुमा आईसोलेशनको उचित ब्यवस्थासमेत गर्न नसक्दा ग्रामीणभेगमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन उच्च बन्दै गईरहेको जनाईएको छ ।

यो निषेधाज्ञाको समयमा कोरोना संक्रमणको जोखिम रोकथाम, न्युनिकरण र उपचारमा तिनै तहको सरकार गैरजिम्मेवार बनेको छ बताउँदै हेटौंडा अस्पतालमा पुगेका कोभिडका विरामीहरुको उपचारमा जनशक्ति र स्वास्थ्य उपकरणहरुको अभाव देखिएको जनाईएको छ । मकवानपुरमा कोभिडका साथसाथै अन्य रोगका विरामीहरुले प्रभावकारी उपचारको अभाव झेलिरहँदासमेत सरकारी संयन्त्रले ब्यवस्थित ढंगले काम गर्न नसकेको भन्दै निन्दा गरिएको छ ।

नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरले हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पिपिई सेट २५ थान, मास्क, सेनिटाईजर, ग्लोभ्स जस्ता सामाग्रीहरु उपलब्ध गराएको छ भने अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरुलाई मास्क, सेनिटाईजर र नेपाल पत्रकार महासंघ मकवानपुरलाई मास्क, सेनिटाईजरका साथै पत्रकारको स्वास्थ्य उपचारका लागि नगद ३० हजार रुपैयाँ सहयोग गरेको छ जनाईएको छ ।

नेपाली कांग्रेस मकवानपुर जिल्ला, क्षेत्र र नगर कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यहरु कोरोनाको जोखिम न्युनिकरण, राहत एवं उद्धारमा खटिएको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*