गैरकानुनी ढंगले काम गर्न दबाब आएपछि राजिनामा दिएँः हेटौंडा अस्पतालका मेसु डा. प्रविण श्रेष्ठ

सरला अधिकारी
बैशाख २६, २०७८

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविण श्रेष्ठले राजिनामा दिनु भएको छ ।

छहारी नेटवर्कसंग कुरा गर्दै उहाँले दबाबको बिचमा काम गर्न नसक्ने भएकाले आफुले राजिनामा दिएको प्रष्ट पार्नुभयो । डाक्टर श्रेष्ठले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेललाई आफ्नो राजीनामा बुझाएको बताउनुभएको छ ।

हेटौडा अस्पताल विकास समितीको खातामा रहेको करीब १ करोड रकम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पताल विकास समितीको खातामा हाल्नु पर्ने र अस्पतालको लोगो परिवर्तन गर्नु पर्ने दबाब आफुलाई परेपछि राजिनामा दिएको उहाँले बताउनु भयो ।

शुक्रबार आफुलाई दुई वटा चिठ्ठी आएको बताउँदै उहाँले भन्नुभयो -“एउटा चिठीमा हेटौडा अस्पताल विकास समितीको खातामा रहेको करीब १ करोड र बिमाले हाल्ने साँढे ४ करोड जती पैसा खातामा जम्मा हुन्छ, त्यो रकम झिकेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटैंडा अस्पताल विकास समितीको खातामा हाल्न र अर्को चिठीमा लोगो परिवर्तन गर्न दबाब आयो ।”

प्रदेश सरकारको आधिकारिक चिठी आएको भए मान्न तयार थिएँ भन्दै उहाँले गैरकानुनी ढंगले काम गर्न आएको व्यक्तिगत (रजिष्टार राजेश प्रसाईं) को निर्देशन मान्न नसक्ने भएकाले राजिनामा दिएको बताउनुभयो ।

अधिवक्ताहरुसंग आफुले सल्लाह गर्दा नेपाल सरकार वा प्रदेश सरकारले चिठी विना गतिविधी गरे अख्तियारमा पर्ने भनेपछि आफुले गलत काम गर्न नसक्ने भन्दै राजिनामा बुझाएको डाक्टर श्रेष्ठको भनाई छ । उहाँले आफ्नो राजिनामाका विषयमा मौखिक जानकारी दिएको भएपनि बेवास्ता भएपछि लिखित राजिनामा दिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*