२४ घण्टामा देशभर ४ हजार २२ जना संक्रमित निको, हेटौडामा ३४ जनाले कोरोना जिते

मकवानपुरमा मात्रै अहिलेसम्म कोरोना जित्नेको संख्या ३ हजार ९ सय ६५
छहारी संवाददाता
बैशाख २६, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार २२ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न स्थानबाट ४ हजार २२ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५२ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साथै, यसअघि कोरोनाका कारण ज्यान गुमाएका २६ जनासहित कुल ८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ४ सय १९ जना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् ।

यसैबीच हेटौडाका थप ३४ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनका २८ र आइसोलेसनका ६ गरी ३४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ । योसंगै अहिलेसम्म मकवानपुरमा मात्रै कोरोना जित्नेको संख्या ३ हजार ९ सय ६५ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यस्तै मकवानपुरमा आइतबार एकैदिन १६२ जना संक्रमित थपिएका छन् । २ सय ६९ जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १६२ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा बढी हेटौंडाका १२९ जना छन् ।

थाहा नगरपालिकाका १४, मकवानपुरगढीका ५, मनहरीका ४, बागमती र भीमफेदीका ३/३ इन्द्रसरोवरका २ र राक्सिराङ तथा बकैयाका १/१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ५ हजार ४ सय ४७ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*