बाँकेमा थप तीन जना संक्रमितको मृत्यु

छहारी संवाददाता
बैशाख २६, २०७८

बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका दुई जना र बर्दियाका एकजना गरी तीन जनाको मृत्यु भएको हो ।

ओलीका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार बिहान ११ः१० बजे मृत्यु भएको अनलाक्ष्न् खबरले लेखेको छ । उनीमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो । नेपालगञ्ज उपमहानगरपालिका–११ का २४ वर्षीय युवकको नेपालगञ्ज मेडिकल कलेजमा आइतबार बिहान १०ः४० बजे मृत्यु भएको हो । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

भेरी अस्पतालमै बर्दियाको बढैयाताल गाउँपालिका–१ की ९२ वर्षीया महिलाको आइतबार बिहान ११ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख २५ गते संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा बाँकेमा शनिबार राति र आइतबार बिहान गरी ५ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*