सङ्घीय संसद् सचिवालयका एक उपसचिवको कोरोनाका कारण मृत्यु

छहारी संवाददाता
बैशाख २४, २०७८

कोरोना भाइरस सङ्क्रमणका कारण सङ्घीय संसद् सचिवालयका एक उपसचिवको ज्यान गएको छ ।

सचिवालयको कानुन शाखामा कार्यरत उपसचिव कृष्णबहादुर खनालको उपचारका क्रममा शहीद मेमोरियल अस्पतालमा ज्यान गएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

संसद् सचिवालयले गएको बुधवार सांसद र कर्मचारीको पीसीआर परीक्षण गर्ने क्रममा खनालले पनि स्वाब दिनुभएको थियो । उहाँको रिपोर्ट पोजेटिभ आएको थियो । खनाल लामो समयदेखि बिरामी रहेको पनि पाण्डेले बताउनुभयो । उज्यालो अनलाइनबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*