अक्सिजन सिलिन्डर फिर्ता दिन सम्बन्धित पक्षलाई सरकारको आग्रह

छहारी संवाददाता
बैशाख २३, २०७८

सरकारले कोरोना भाइरसका संक्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन र अक्सिजन सिलिन्डरहरू फिर्ता दिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले एक विज्ञप्ति निकालेर उद्योग व्यवसायहरूमा राखिएका सिलिन्डरहरू फिर्ता गर्न आग्रह गर्नुभएको हो । कोरोना सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन र सिलिन्डरहरू सरकारको निर्णय विपरीत उद्योग व्यवसायहरूमा प्रयोग भइरहेको पाइएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

अनुगमनका क्रममा धेरै ठूलो मात्रामा अक्सिजन सिलिन्डरहरू खाली रहने वा भरेर भण्डारण गरेर राखेको पाइएकाले सम्बन्धित उद्योग, सरोकारवालालाई त्यस्ता सिलिन्डर अस्पतालमा उपलब्ध गराउन मन्त्रालयको अनुरोध छ, उज्यालो अनलाइनमा समाचार छ । सरकारको निर्णयको उल्लङ्घन गरेको पाइए सङ्क्रमण रोग ऐनको आधारमा अनुगमन गरी कारबाही गर्ने मन्त्रालयको चेतावनी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*