चार सांसद र सचिवालयका दुई कर्मचारीमा कोरोना पुष्टि
प्रतिनिधि सभाका चार सदस्य र सङ्घीय संसद् सचिवालयका दुई कर्मचारीमा कोरोना भाइरसको संक्रमण सङ्क्रमण पुष्टि भएको छ ।
आउँदो २७ गते बोलाइएको संसद् बैठकका लागि गरिएको पीसीआर परीक्षणका क्रममा चार सांसद र संसद् सचिवालयका दुई कर्मचारीमा संक्रमण पुष्टि भएको उज्यालो खनलाइनमा समाचाार छ ।
बुधवार सभामुखसहित एक सय २८ जना सांसदको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादा पालकसमेत गरी चार सय ८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।





