नेपालमा बुधबार एकैदिन ५८ संक्रमितको मृत्यु, ८ हजार ६ सय ५९ संक्रमित थपिए
नेपालमा कोरोना संक्रमणबाट बुधबार एकैदिन ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार २० हजार ७ सय ५६ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ हजार ६ सय ५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाण्डौ उपत्यकामा मात्रै ३ हजार ८ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा १ हजार ९ सय ९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । कोरोना संक्रमणको दर ८० दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै आईसीयूआ रहेका ६ सय संक्रमित मध्ये १ सय ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।





