कोरोना संक्रमणबाट हेटौंडामा थप एक महिलाको मृत्यु
कोरोना संक्रमणबाट मंगलबार हेटौंडा ६ की ४१ बर्षीय एक महिलाको मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पतालमा उपचारको क्रममा ती महिलाको मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।
सोमबार साँझ अस्पतालको इमरजेन्सीमा उपचार गर्न आउनुभएकी ती महिलाको निमोनिया देखिएपछि कोरोना परिक्षण गर्दा रिपोर्ट पाजेटिभ आएको थियो ।
राती १२ बजे मात्र उहाँको रिपोर्ट पोजेटिभ आएको डाक्टर काफ्लेले जानकारी दिनुभयो । हेटौंडा अस्पतालमा उपचारका क्रममा तीन दिनमा चार जनाको मृत्यु भइसकेको छ ।
सोमबार बिहान हेटौंडा अस्पतालको कोभिड एच डि यु (High Dependency Unit) मा उपचाररत बाराको अमलेखगंजका ४६ वर्षका एक पुरुष र महोत्तरी जलेश्वर २ की ५० वर्षकी एक महिलाको मृत्ये भएको थियो । यस्तै आइतबार राती हेटौंडा १ का ५५ वर्षका एक पुरूषको उपचारकै क्रममा मृत्यु थियो ।
योसंगै मकवानपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउने को संख्या ३८ पुगेको छ । पहिलो चरणको कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको थियो भने दोस्रो प्रजातीको कोरोना संक्रमणबाट आइतबार, सोमबार र मंगलबार गरी चार जनाको मृत्यु भएको हो ।






