कोरोना संक्रमणबाट नेपालमा एकैदिन ३७ जनाको मृत्यु
२४ घण्टामा ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि
कोरोना संक्रमणबाट नेपालमा एकैदिन ३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १६ हजार ६ सय ५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको मन्त्रालयले जनाएको छ ।





