अक्सिजन सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना संकमणको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव हुन थालेपछि अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सबै अस्पताललाई पत्रचार गर्दै नयाँ भेरियन्टसहितको संक्रमणको दोस्रो लहर फैलिएसँगै जटिल अवस्थाका संक्रमितको उपचारका लागि अक्सिजन आवश्यक पर्ने भएकाले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हेल्थपाटी डटकमले लेखेको छ ।
उहाँलले अस्पताललाई खाली सिलिन्डर मौज्दात नराख्न, आफूसँग भएको सिलिन्डर समयमा नै भर्नसमेत आग्रह गर्नुभएको छ । मन्त्रालयले सर्वसाधारणलाई अक्सिजन सिलिन्डर अनावश्यक रुपमा जोखिम तरिकाले सञ्चित गर्न र प्रयोग गर्ने खालका गतिविधिलाई हुन नदिनसमेत आग्रह गरेको छ ।