नेपालगञ्जमा १२ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमणबाट बाँकेमा हिजो बेलुका ८ बजे देखि आज विहान ८ बजेसम्म १२ घण्टामा ८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोहलपुर १५ का ६० बर्षीय पुरुष, खजुरा २ का २५ बर्षीय पुरुष, बर्दिया बढियातालका ४७ बर्षीय पुरुष रहेको बाँकेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९डीसीसीएमसी०का फोकल पर्सन तेज वलीले जानकारी दिनुभएको हेल्थपाटी डटकमले लेखेको छ ।
यस्तै बैजनाथ ८ बाँकेका ६० बर्षीया महिला, नेपालगञ्ज १ का ३७ बर्षका पुरुष, नेपालगञ्ज ७ का ४८ बर्षका पुरुष, नेपालगञ्ज ३ का ५१ बर्षका पुरुष र बाँकेकै ३३ बर्षीया महिला रहेका छन् । वलीले भन्नुहुन्छ, यहाँ अक्सिजन अभाव हुनसक्ने समेत देखिएको छ, दैनिक औषतमा १० र १२ जनाको ज्यान थाल्यो, बाँकेको अवस्था विकराल बन्दै गयो ।
भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा २९४ जना र १५० जना गम्भीर बिरामीको उपचार भइरहेको छ । स्थानीय पालिकामा अक्सिजन सहितको आइसोलेसन सेन्टर राखिए पनि गम्भीर बिरामीको संख्या धेरै हुँदा समस्या परिरहेको वलीले जानकारी दिनुभयो ।





