कांग्रेस सरकारमा नजाने, प्रतिपक्षकै भूमिकामा रहने

छहारी संवाददाता
१० चैत्र २०७७, मंगलवार १३:२३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताउनु भएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले कांग्रेसले सरकारमा जान मरिहत्ते नगरेको भन्दै प्रतिपक्षकै भूमिकामा रहने बताएका हुन् ।

‘कांग्रेस नेतृत्वको सरकार बनाउन हामी मरिमेटेका छैनौँु देउवाले भन्नुभयो ुहामी विपक्षी पार्टी हौँ, हामीले विपक्षी पार्टीकै भूमिका खेलेका छौँ ।’

उहाँले पार्टी अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नभएको बताउनु भयो । ‘अविश्वासको प्रस्ताव जसले ल्याए पनि हुन्छ । अविश्वासको प्रस्तावको बारेमा हामीलाई थाहा छैन’ उहाँले भन्नुभयो। उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*