ओलीको चियापानमा आफ्नो समूहका कोही नजान असन्तुष्ट पक्षको निर्देशन

नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने
छहारी संवाददाता
२ चैत्र २०७७, सोमबार १८:१३

प्रधानमन्त्री केपी शर्मा ओली आयोजना गर्नुभएको चियापानमा कार्यक्रममा नेकपा एमालेका असन्तुष्ट पक्ष नजाने भएका छन् । ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल समूह नजाने भएका हुन् । नेताहरुले आफ्नो समूहका कोही पनि उक्त चियापानमा नजान निर्देशन दिएको छ ।

नेकपा एमालेका खनाल र नेपाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग आज भएको छलफल बिना निष्कर्ष सकिएपछि राष्ट्रिय भेला नरोकिने बताएका हुन् । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने बताएका हुन् ।

धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राखेको थियो । उक्त भेलामा सहभागी एक नेताका अनुसार, ओलीसँगको छलफल निश्कर्षमा नपुगेकाले कुनै पनि निर्णय नरोकिने नेपालले सुनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*