माओवादी केन्द्रमा फर्किने सम्भावना छैनः लेखराज भट्ट

छहारी संवाददाता
फाल्गुन २६, २०७७

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि आफूहरु फर्किने सम्भावना नरहेको बताउनुभयो ।

पत्रकारको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘हामी छलफलमा छौं, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौं ।, अनलाइन खबरले लेखेको छ । समर्थन फिर्ता लियो भनेपनि पार्टी ९माओवादी केन्द्रमा० मा फर्किने सम्भावना मैले देख्दिन ।’ २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा भट्ट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि हाल सरकारमा रहेका माअ‍ोवादी केन्द्रका नेताहरु के गर्छन् भन्ने चासो छ । सांसद पद गए पनि एमाले नछोड्ने रु भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, ‘पुरानो पार्टीमा नफर्किँदा सांसद पद जाने÷नजाने बारेमा छलफल गर्दैछौं । के हुन्छ रु सोचेर निष्कर्ष निकाल्छौं ।’

आफूहरु एकता पक्षधर रहेको भन्दै उहाँले फेरि पनि एमाले र माओवादीबीच एकताको सम्भावनाका बारेमा समेत छलफल भइरहेको बताउनुभयो । ‘हिजो एकता भएको हो । हामी एकतामा केपी कित्तामा लागेको हो ।

हामीले हिजोको विचार, हिजोको एकता, हिजोको नेतृत्व, विचारको नेतत्व गर्नुपर्छ भनेर त्यता उभिएका थियौं । अहिले नयाँ परिस्थिति सिर्जना भएको छ । नयाँ परिस्थितिमा हामी कसरी जाने भन्ने बारेमा गृहकार्य भइरहेको छ,’ भट्टले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*