नेकपा एमाले अब आगामी दुई वर्ष नै वर्तमान सरकार जोगाउन लाग्छः खनाल

छहारी संवाददाता
फाल्गुन २६, २०७७

नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताउनु भएको छ ।

सत्तारुढ दल नेकपा एमाले आगामी दुई वर्ष नै वर्तमान सरकार जोगाउन लाग्ने उहाँले बताउनुभयो । ‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुई वर्ष जानुपर्छ भन्ने म चाहन्छु,’ पूर्वप्रधानमन्त्री खनालले संसद भवन परिसरमा बुधबार पत्रकारहरुसँग भन्नुभयो, अनलाइन खबरले लेखेको छ ।

सरकार टिकाउने दायित्व प्रधानमन्त्रीको हो कि तपाईंहरुको पनि हो भन्ने प्रश्नमा खनालले भन्नुभयो, ‘हाम्रो पार्टी नेकपा एमालेको । कुनै व्यक्तिले जोगाएर पनि जोगिँदैन । पार्टीले जोगाउन थालेपछि जोगिन्छ । हामी जोगाउनै लाग्छौं ।’

उहाँले संसदमा अब नयाँ खेल सुरु हुने पनि बताउनुभयो । तीन वर्षपछि पुनः नेकपा एमालेको सांसद बन्दाको अनुभवबारे राखिएको जिज्ञासामा खनालले आफूलाई बडो रमाइलो लागेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*