सर्वोच्च अदालतको फैसला मान्ने ओली समूहको स्थायी कमिटी बैठकको निर्णय
नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।
अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभएको अनलाइन खबरले लेखेको छ ‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ ।
फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ’, ज्ञवालीले भन्नुभयो । त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उहाँले बताउनुभयो । सर्वोच्च अदालतले मंगलबार संसद विघटको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।






