सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झै भयो : भट्टराई
जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सर्वोच्च अदालतको निर्णयले आफ्नो रोग हराएको महसुस भएको बताउनुभएको छ । सर्वोच्चको निर्णयमा ट्विटरमार्फत प्रतिक्रिया दिदै उहाँले यस्तो बताउनुभएको हो ।
कस्तो सुखद् संयोग अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो’ पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा , ‘हिन्दु मिथको भष्मासुरलाई विष्णुले मोहिनी रुप धारण गरेर वध गरे झै सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबुर सुन्दा रोगै हराए झै भयो ।’लेख्नुभएको छ ।
पेटको समस्या पीडित भट्टराई थप उपचारका लागि नयाँदिल्लीमा हुनुहुन्छ ।






