श्रीपञ्चमीको अवसरमा प्रधानमन्त्रीको सन्देश:हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना

छहारी संवाददाता
४ फाल्गुन २०७७, मंगलवार ०८:४५

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । शन्देशमा सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

 

प्रधानमन्त्री ओलीले जनताको जीवनमा खुशी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताउँदै यतिबेला नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर रहेको उल्लेख गर्नुभएको छ ।

‘राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको छ र सुख खुशीसँग जोडिएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभएको छ , ‘हामी नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर र अव्यवस्थाबाट सदाचारतिर अघि बढाइरहेका छौँ । यसबाट समृद्ध नेपाल-सुखी नेपालीको आकांक्षा पूरा हुनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*