हेटौंडामा चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता हुँदै

छहारी संवाददाता
२९ फाल्गुन २०८०, मंगलवार १८:४०

हेटौंडामा चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता–२०८० हुँदैछ । मंगलबार नगर खेलकुद विकास समिति हेटौंडाले पत्रकार सम्मेलन गरी आगामी चैत्र २४ गतेदेखि प्रतियोगितामा गर्न लागेको जानकारी दिएको हो ।

हेटौंडा–५ मा रहेको क्याम्पा रंगशालामा हुने प्रतियोगितामा नगरका १९ वटै वडाको सहभागीता रहने नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभयो । सहभागी हुने टीमले वडाबाट सिफारिस भइआएको हुनु पर्ने उहाँले बताउनुभयो ।

प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ, उपविजेताले एकलाख ५० हजार रुपैयाँ र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको समन्वयमा नकाउट चरणमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा संचालन गर्न करीब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*