अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता सुरु

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट हेटौंडा र नेशनल इन्फोटेक कलेज पर्साले विजयी सुरुवात
छहारी संवाददाता
२६ फाल्गुन २०८०, शनिबार १७:२८

हेटौंडा जेसीजको आयोजनामा अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट हेटौंडा र नेशनल इन्फोटेक कलेज पर्साले विजयी सुरुवात गरेका छन् । हेटौंडा–४ को हुप्राचौरमा भएको प्रतियोगितामा म्यानेजमेन्टले सिटी कलेज हेटौंडालाई सात विकेट र इन्फोटेकले सिमरा कलेज वीरगञ्जलाई ३६ रनले पराजित गरेको हो ।

शानिबारको पहिलो खेलमा सिटी कलेजले पहिले व्याटिङ गर्दै २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११३ रन बनाएको थियो । म्यानेजमेन्टले १५ ओभरमा तीन विकेट गुमाएर उक्त योगफल भेटउँदै २ अंक जोड्न सफल भयो । म्यानेजमेन्टका युविन बुढाथोकी ६२ रन बनाउँदै म्यान अफ दी म्याच घोषित भए ।

दोस्रो खेलमा निर्धारित २० ओभर व्याटिङ गर्दै वीरगञ्जले नौ विकेट गुमाएर कुल ११८ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको सिमरा १९ ओभरमा दश विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो । खेलमा वीरगञ्जका मन्थन यादव म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले गर्नुभएको थियो ।

प्रतियोगितामा मकवानपुरको हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, हेटौंडा सिटी कलेज र नारायणी कलेज, बाराको सिमरा क्याम्पस, पर्साको नेशनल इन्फोेटेक र चितवनको एरोभा कलेज गरी ६ टिमको सहभागिता रहेको हेटौंडा जेसीज अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने श्रेष्ठले बताउनुभयो । कार्यक्रम संयोजक सुमन अर्यालका अनुसार प्रतियोगिता अवधिभर कुल ४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

हेटौंडा जेसीज सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यकी माता अष्टकुमारी शाक्यको स्मृतिमा प्रतियोगिता प्रतियोगिता आयोजना गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*