मकवानपुरका २६ वटा उधाेगहरु कारवाहीमा

छहारी संवाददाता
८ श्रावण २०७७, बिहीबार १३:०१

आन्तरिक राजस्व कार्यालय हेटौडाले यस वर्ष २६ वटा उद्योगहरुको खाता तथा जग्गा रोक्का गरि कारवाहि गरेको छ ।

यस वर्ष २३ वटासम्म उद्योगहरुलाई कारवाहि गर्ने लक्ष्य राखिएको भएपनि २६ वटालाई कारवाहि गर्न सफल भएको कार्यालय प्रमुख ढकाल बताउनुभयाे । मूल्य अभिबृद्धिकर नतिरेकै आधारमा कारवाहिमा परेका उहाँले बताउनुभयाे ।

उक्त कारबाहिमा परेका उद्योगहरुबाट यस वर्ष ४ करोड ८१ लाख २० हजार मुल्य अभिवृद्धि कर राजस्व संकलन हुनुपर्ने तर नतिरेकै कारण कारवाहिमा परेका हुन् । उक्त उद्योगहरुले राजस्व नतिरेपछि पहिलो पटक टेलिफोन मार्फत १५ दिनको म्याद सहित सूचना गरिनेलगायतको प्रक्रियागत चरण अगाडि बढाइने प्रमुख ढकालले जानकारी दिनुभयाे ।

कोरोनाकै महामारीका कारण भने आयकर बक्यौतामा काम गर्न नसकिएको र कारवाहिका प्रक्रिया अघि नबढाईएको उहाँले बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*